सिन्धुपाल्चोक । जनैपूर्णिको अवसरमा लागेको धार्मिक मेलामा सिन्धुपाल्चोकको पाँचपोखरीमा ७२१ नागरिकले निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट लाभान्वित भएका छन्।
नेपाली सेनाको इन्द्रध्वज गणको आयोजनामा भएको शिविरमा यो संख्याले स्वास्थ्य सेवा लिएका हुन् ।
ेनाले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी शिविर सञ्चालन गरेको थियो ।
दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा तीर्थयात्राका क्रममा यात्रुलाई स्वास्थ्य समस्या पर्न सक्ने भएकाले उनीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सेनाले सहायता केन्द्र सञ्चालन गरेको थियो।
गणका अनुसार न्यासिम पार्टीमा ३६१ जना र पाँचपोखरी क्षेत्रमा ३६० जनाले स्वास्थ्य परीक्षण र निःशुल्क औषधिसम्बन्धी सेवा प्राप्त गरेका हुन्।यात्राको क्रममा स्वास्थ्य समस्या देखिए तत्काल उपचारको व्यवस्था भएपछि तीर्थयात्री तथा पर्यटकलाई राहत मिलेको स्थानीय सिमिर तामाङले बताए।
“यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिँदा कहाँ उपचार गर्ने भन्ने चिन्ता हुन्थ्यो। तर बाटोमै स्वास्थ्य सहायता केन्द्र भएपछि तत्काल परीक्षण र औषधि पाउने व्यवस्था रहेछ”, तामाङले भने, “यसले यात्रुलाई निकै सहज बनाएको छ।”
स्थानीय पर्यटक व्यवसायी उदय खड्काले दुर्गम क्षेत्रमा हुने धार्मिक यात्राका क्रममा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु महत्वपूर्ण पक्ष रहेको बताए। हरेक वर्ष जनैपूर्णिमाका अवसरमा पाँच पोखरीमा लाग्ने मेलामा देशका विभिन्न स्थानबाट ठूलो संख्यामा धार्मिक तीर्थयात्री सहभागी हुने गरेको पाइन्छ।