काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका ३ घर भएका ३५ वर्षीय राम भन्ने जिवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जिवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जिवनको सुस्मा कोईराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ ।
प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।