• ट्रेण्डिङ :

तनहुँ समाज युकेद्वारा मिर्गौला पीडित महिलालाई आर्थिक सहयोग

तनहुँ समाज युकेद्वारा मिर्गौला पीडित महिलालाई आर्थिक सहयोग

फरक पत्रिका

मंगलबार, माघ ११ २०७८

तनहुँ समाज युकेद्वारा मिर्गौला पीडित महिलालाई आर्थिक सहयोग

काठमाडौँ- तनहुँ समाज युकेले मृगौला पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । युके समाजले तनहुँ व्यास वडा नं १० धैरेनीकी मृगौला पीडित सम्झना गुरुङलाई ५ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उनले सुमेरो हस्पिटलमा डाईलेसिस गरिरहेकी छिन् । बेलायतमा बस्दै आएका नेपालीहरुले गुरुङको उपचारमा आर्थिक अभाव भएपछि उक्त रकम संकलन गरेका हुन् ।

युके समाजको नेतृत्व गर्दै समाजका सदस्य पूर्णबिर गुरुङले उक्त रकम गुरुङको परिवारलाई हस्तान्तरण गरेका थिए । समाजका अध्यक्ष लेख गुरुङले बिपतका बेलामा आ-आफ्नो ठाँउबाट आर्थिक सहयोग गर्नेहरूलाई धन्यवाद दिए ।

‘आपत-बिपतमा मानवीयताको धर्म देखाउनुपर्छ । जटिल रोग लागेका मानिसको उपचार गर्न राज्य पनि तयार हुनुपर्छ र साथसाथै सबैभन्दा अगाडि समाज अगाडि रहनुपर्छ,’ उनले भने ।

देशभरी रहेका विपन्न परिवारलाई समाज सहयोग गर्न सदा तयार रहेको उनको भनाइ छ । समाजमा आर्थिक अभाव भएर कोही पनि बाँच्न नपरोस भनेर समाजले विभिन्न समयमा आर्थिक सहयोग गर्दै गुरुङले बताए ।

समाजले यस अघि पनि मुलुकभरक विभिन्न ठाउँमा आर्थिक सहयोग गर्दै आएको छ । तनहुँ समाज युके र कुन्छा लम्जुङ्गबाट युके आई बस्दै गरेका व्यक्तिहरूले सहयोग जुटाएका थिए । समाज युकेले विभिन्न मृगौला पीडित, क्यान्सरका बिमारी, दृष्टिविहिनहरुलाई सहयोग गरेको थियो ।

कोभिड -१९ बाट अति विपत्तमा परेका परिवारहरुलाई उद्योग वाणिज्य महासंघ तनहुँसँग सहकार्य गरि राहत वितरणसमेत गरेको थियो । त्यसैगरि समाजले तनहुँका विभिन्न विद्यालयहरुलाई कम्प्युटर लगायतका शैक्षिक सामाग्री उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित