गौराती मेलाको अवसरमा चौतारामा रक्तदान कार्यक्रम

गौराती मेलाको अवसरमा चौतारामा रक्तदान कार्यक्रम

फरक पत्रिका

शुक्रबार, मंसिर ५ २०८३

गौराती मेलाको अवसरमा चौतारामा रक्तदान कार्यक्रम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धार्मिक पर्यटकीयस्थल गौराती मेलाको अवसरमा चौतारामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देशभर रगतको अभाव पूर्ति गर्न मेलाको अवसरमा यो कार्यक्रम राखिएको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडामा रहेको गौराती मन्दिरमा लाग्ने मेला जिल्लाकै ठूलो मेला हो कात्तिक पूर्णिमामा लाग्ने यो मेला मंसिर ८ गते  पर्दछ । कर्मचारी मिलन केन्द्रको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक शाखाको सहआयोजनामा रक्तदान कार्यक्रम राखिएको हो ।

मंसिर ८ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्म चौताराको टुँडिखेलको फल्चामा रक्तखान गरिने ब्लोदानका जिल्ला अध्यक्ष सुरेश कसजूले जानकारी दिए । उनले रक्तदान कार्यक्रममा सहभागी भई देशभरको रगत अभावको अवस्थालाई सहयोग गर्नसमेत अनुरोध गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित