विद्युत व्यापार कम्पनी स्थापना गर्न निजी क्षेत्रलाई अनुमति

विद्युत व्यापार कम्पनी स्थापना गर्न निजी क्षेत्रलाई अनुमति

फरक पत्रिका

शुक्रबार, पौस ९ २०७८

विद्युत व्यापार कम्पनी स्थापना गर्न निजी क्षेत्रलाई अनुमति

काठमाडौँ – सरकारले विद्युत व्यापार गर्न नेपाल विद्युत व्यापार कम्पनी स्थापना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत स्वामित्व रहने गरी विद्युत व्यापार कम्पनी स्थापना गर्न अनुमति दिएको हो ।

व्यापार कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड विकास कम्पनी लिमिटेड (एचआईडीसीएल), विद्युत उत्पादन कम्पनी लिमिटेड र सर्वसाधारणको सेयर लगानी हुने गरी कम्पनी सञ्चालनको अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिएकी छन् । उनले निजी क्षेत्रलाईसमेत विद्युत व्यापारको अनुमति दिन नीति तर्जुमा भइरहेको बताइन् ।

विद्युत व्यापारका लागि नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) र स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले पनि नेपाल पावर एक्सचेन्ज कम्पनी लिमिटेडले व्यापार कम्पनी स्थापना गरेका छन् । व्यापार कम्पनीले स्वदेश तथा भारतलगायत बंगलादेशमा बिजुली निर्यात गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित