गणेशजीको पुजा गरि, हेर्नुहोस असार १६ गते मंगलबारको राशिफल ।

काठमाडौं । वि.सं. २०७७ आषाढ १६ गते । मंगलवार । इ.स.२०२० जुन ३० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी– दशमी,१९ बजेर ११ मिनेट उप्रान्त एकादशी । नक्षत्र– चित्रा,०५ बजेर ४३ मिनेट उप्रान्त स्वाती,२८ बजेर ०६ मिनेट उप्रान्त विशाखा ।

योग शिव,१४ बजेर ५४ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल,०८ बजेर २४ मिनेट उप्रान्त गर,१९ बजेर ११ मिनेट उप्रान्त वणिज ।

आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ५ बजेर १२ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३२ पला । तुलसीरोपणम् । चातुर्मासव्रताराम्भ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुस हुनेछ ।

एकल तथा साझेदारी व्यवसायमा समय दिन नसक्दा आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् ।

न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ ।

अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रश्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ ।

सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलव्धिमा चित्त बुझाउनु पर्नेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा नभएपनि कृषि तथा पशुपालन व्यवसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा धोका हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आँट,साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

थोरै बोलेर धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुका लागि समय राम्रो रहेको छ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा शुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ ।

राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ । व्यापारमा मन्दि आउने समय रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्व सँग राय बाजिनेछ ।

काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिने तथा कृषिमा लगानी गर्न सकिनेछ ।

सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यकताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । पुर्ख्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

पुराना विवादलाई सल्टाउँन तपाईको महत्वपूर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा राम्रो प्रगती गर्न सकिनेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानीबाट शुरु गरीएको लगानीबाट सामान्य फाईदा कमाउन सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काम गर्ने विभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला ।

प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ ।

आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *