कोरोना संक्रमितको संख्या उकालो लाग्दै, आज सोमबार थप ४७६ जनामा कोरोना संक्रमण ।

काठमाडौं : देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित थपिएका छन्। सोमबार थपिनेमा ११२ जना महिला र ३६२ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार दुई सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *