विश्व भर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, मृत्यु हुनेको संख्या ५ लाख भन्दा बढी ।

काठमाडौं । चीनको उहानबाट करिव ६ महिनादेखि सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । वर्ल्डओमिटरको तथ्यांकअनुसार आइतबार बिहान ६ बजेसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७४ हजार ५ सय ६७ पुगेको हो। पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ५४६ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६२५ पुगेको छ । यस्तै विश्वभरमा संक्रमितमध्ये ५४ लाख ५२ हजार ८७ जना भने कोरोनाबाट मुक्त भएको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार शनिबार अपराह्नसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। तीमध्ये २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ बिरामी निको भएका छन्। यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *