नेपालमा पनि भित्रियो सलह किरा, रुपन्देहीको आसपासमा पनि यसरी फैलिदै ।

बुटवल- रूपन्देही आसपासमा पनि सलह किराको बथान देखिएको छ । नेपालको तराई क्षेत्रमा भारतको बिहारबाट छिरेको सलह तराईका सबैजसो जिल्लामा देखिन थालेको छ ।

शनिबार रूपन्देहीको बुटवलमै क्षेत्रमा सलह देखिएको बताइएको छ । बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए । उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो ।

स्थानीयले सलह आएको जानाकारी गराएपछि स्थलगत निरीक्षणका क्रममा सलह कीरा नै रहेको पुष्टि भएको पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक तथा कीटविज्ञले समेत बताएका छन् ।

शनिबार बिहान पूर्वी तराईका जिल्लाहरूमा सलहको बथान नै देखिएपछी कृषि मन्त्रालयले आकस्मिक बैठक बोलेको थियो । अहिले देशका विभिन्न जिल्लामा देखिएको सलह किरा कुन प्रजातिको हो भन्ने अनुसन्धान भैरहेको एक अधिकारीले जानकारी दिए ।

करिव एक महिना अगाडी कृषि मन्त्रालयकै विज्ञ टोलीले यो वर्ष नेपालमा सलह नआउने निष्कर्ष निकालेको थियो । सो निष्कर्षसंगै सलहको पूर्वतयारी गर्ने सबै काम स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *